१७ वर्षीय बालकले पोखराबाट बस चोरी गरेर चितवन पुर्‍याएपछि...

पाेखरा | मंसिर २४, २०८०

१७ वर्षीय बालकले पोखराबाट बस चोरी गरेर चितवन पुर्‍याएपछि...

पोखरा:   पोखरा पृथ्वीचोकमा पार्किङ गरिराखेको बस चोरी गरेको आरोपमा प्रहरीले चितवनबाट एक बालकलाई नियन्त्रणमा लिएको छ । 


शुक्रबार राति पृथ्वीचोकमा पार्किङ गरी राखेको बस हराएको सूचनापछि खोजी कार्य अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय कास्कीले चितवन प्रहरीको सहयोगमा बससहित चोरी गर्ने एक बालकलाई नियन्त्रणमा लिएको हो ।  


पृथ्वीचोकमा पार्किङ गरी राखेको ग १ ख ९६३८ नम्बरको बस हराएको सूचनापछि खोजी गर्दा चितवनको भरतपुर महानगरपालिका ११ आँपटारीमा चेकजाँच गर्ने क्रममा बस चलाउँदै गरेको अवस्थामा तनहुँको म्याग्दे गाउँपालिका ३ घर भएका १७ बर्षीय बालकलाई प्रहरीले प्रकाउ गरेको छ । 


प्रहरीले बालकलाई जिल्ला अदालत कास्कीबाट चोरी तथा डाँका सम्बन्धी मुद्धामा अनुसन्धान अगाडी बढाएको जनाएको छ । 

गृहमन्त्री सुदन गुरुङले पदबाट राजीनामा दिएका छन् ।   २०८२ चैत १३ गतेदेखि गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका गुरुङले पछिल्लो समय नागरिक स्तरबाट आफ्नो शेयरलगायतका विषयमा उठेका प्रश्न र जनचासोलाई...

थप पढ्नुहोस्

पोखरा ।    ओझेलमा परेको पातिखोला गुफाको प्रचारप्रसार तथा प्रवद्र्धन गर्ने उद्देश्यसहित श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञको आयोजना हुने भएको छ ।   पातिखोला गुफा संरक्षण समितिको...

थप पढ्नुहोस्

पोखरा: कास्कीको अन्नपूर्ण गाउँपालिका १०÷११ स्थित घान्द्रुक पर्यटन व्यवस्थापन समितिको अध्यक्षमा विक्रम गुरुङ सर्वसम्मत निर्वाचित भएका छन् । घान्द्रुकमा सोमबार भएको घान्द्रुक पर्यटन व्यवस्थापन समिति घान्द्रु...

थप पढ्नुहोस्